काठमाडौं माइतीदेवी स्थित सेतोपुलमा बस दुर्घटना , १७ जना घाइते

पौष ११, काठमाडौंको मैतिदेवीस्थित सेतोपुलमा भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन्।

पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस आज बिहान सवा ३ बजे ट्रान्समिटर जडान गरेको जोर बिजुलीको पोलमा ठोकिएर सडकमै पल्टिदाँ १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाईते भएका ८ जनाको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।

कमेन्टहरु
Loading...