बोक्सीको आरोपमा रौतहटमा एक महिला माथी कुटपिट र लठ्ठी प्रहार

११ पुस/

रौतहट राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा उनको पिँठ्युभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको छ ।

घाइतेका श्रीमान् शेख रइद्दिनका अनुसार गाउँमा एक छिमेकीको छोरी लामोसमय देखि बिरामी भएको र झाक्री कहाँ देखाउन लैजादा उनको श्रीमतीले भुतप्रेत लगाइदिएको आरोप पछि कुटपिट भएको जानकारी दिए । उहाँका अनुसार कुटपिटपछि उनीहरु आफ्नी श्रीमतीलाई मलमूत्रसमेत खुवाउन खोज्दा गाउँका अन्य व्यक्ति आएपछि भागेका थिए ।

श्रीमतीलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिने तयारी भइरहेको रइद्दिनले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...