चुनाव भाड्नेलाई गाउँबाट लखेट्न वाईसीएललाई प्रचण्डको निर्देशन

१२ साउन, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यष पुष्पकमल दाहाल प्रचण्डले चुनाव भाड्न खोज्नेलाई गाउँबाट लखेट्न वाईसीएललाई निर्देशन दिनु भएको छ ।
Prachandaबैद्य माओवादीतर्फ इङ्गति गर्दै प्रचण्डले चुनाव भाड्न केही स्याल गाउँ परेको भन्दै सिंह बनेर लखेट्न निर्देशन दिनु भएको हो । शनिबार बनेपामा वाईसीएल तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो-’केही स्यालहरु चुनाव भाड्न गाउँ पसेका छन् । सिंह बनेर उनीहरुलाई गाउँबाट लखेट्नुहोस् ।’१० बर्षे जनयुद्धको मर्म संविधानसभाको चुनाव भएको भन्दै उहाँले मतपेटिका फुटाएर बैद्य माओवादीले सहिदको सपनामा बञ्चरो हानेको आरोप लगाउनु भयो ।
राजा महाराजाहरु चुनाव हुन नदिने षड्यन्त्रमा लागेको भन्दै उहाँले बैद्य माओवादीले उनीहरुसँग घाटी जोड्नु बुझिनसक्नु भएको बताउनुभयो । वैद्यलाई चुनावमा ल्याउन अधिकतम प्रयास गर्ने बताउँदै उहाँले सहमतिमा नआए “भीरमा जाने गोरुलाई रामराम भन्न सकिने तर काँध थाप्न नसकिने” भनी व्यङग समेत गर्नुभएको थियो । माओवादीलाई दुइ पटक औपचारिक पत्र समेत काटिसकेको जानकारी दिँदै दाहालले सबै दलहरुको सहभागितामा गोलमेच सम्मेलन गराउन समेत आफु तयार रहेको बताउनुभयो ।
प्रचण्डले मंसिरमा संविधानसभाको निर्वाचन भए अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व लिँदै ५ महिनाभित्र संविधानको मस्यौदा तयार गर्ने र एक बर्षमा संविधान बनाउने बताउनुभएको छ । अघिल्लो संविधानसभामा अन्तिम समय सम्म सहमतिको प्रयास गर्नु गलत भएको भन्दै उहाँले अव सहमति नभए संसदीय प्रकृयामा लगेर भएपनि पारित गर्ने बताउनुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...