पुस १० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई कारवाही गरेको छ ।
महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो ।
आइतबार दिनभर उपत्यकामा १५०० वटा सवारी साधन कारवाहीमा परेका छन् ।