९ पुस/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ब्राउन सुगर प्रयोग गर्ने एक डाक्टरसहित ३ जना पक्राउ परेका छन्।
डाक्टर क्षितिज श्रेष्ठसहित धरानका उज्ज्वल हलवाई र दिनेश श्रेष्ठ पनि शनिबार पक्राउ परेका हुन्। हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पुर्याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको प्रहरी स्रोतले जनाएको छ। उनिहरुलाइ शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेका थिए।
प्रतिष्ठानभित्र गैरकानुनीरुपमा कोहि पक्राउ गरेपनि सुरक्षा जिम्मा पाएको कम्पनीले सिधै प्रहरीमा बुझाउन पाउँदैन। सेक्युरिटी कम्पनीले पक्राउ गरेर वार्डेनलाई बुझाउनुपर्ने हुन्छ। त्यसैले धेरैजसो यस्ता घटना प्रतिष्ठानभित्र नै गुपचुप रहने गर्छ।
यो घटना भने तत्कालै प्रहरी र पत्रकारहरुसम्म पुगेपछि गुपचुप हुन पाएन।