हिमालय ड्रग कम्पनीले लिभ लाइन कार्यक्रम ग¥यो

पोखरा १२ साउन/औषधिहरुको विक्रेता गर्दै आएको हिमालय ड्रग कम्पनीले शनिबार पोखरामा लिभ लाइन कार्यक्रम गरेको छ । पोखराको विरौटा स्थित नमस्ते हस्पिटलमा आयोजना गरिएको कार्यक्रममा डा. मान बहादुर गुरुङले लिभरको महत्वबारे प्रकाश पारेका थिए ।
उनले सबैलाई लिभर रोगबाट बाँच्नका लागि पुर्वसावधानी अपनाउन आग्रह गरे । लिभर एक महत्वपुर्ण अंग भएकाले यसलाई बचाउन आवश्यक रहेको भन्दै यसमा सचेत रहन आग्रह गरे । डा. गुरुङले रोग लाग्नु भन्दा नलाग्दै सावधानी अपनाए समास्यबाट टाढा रहन सकिने बताए ।
सचेतना कार्यक्रममा लिभ लाइन प्रोगाम म्यानेजर जहेन्द्र सिँह राँठोरले कम्पनीले लिभरलाई नियन्त्रणमा राख्नुपर्ने भन्दै यसका लागि पुर्वजानकारी हुन आवश्यक रहेको बताए । उनले हेपटाइटिस, जण्डिस, डाइभेटिज लगायतका रोग बारेमा जानकारी दिए ।

कमेन्टहरु
Loading...