६ पुस । प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युतिय कटौती नहुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुन सक्ने खालका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो ।
हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
प्राविधिक समस्याका कारण कहीँ कतै केही समयसम्म विद्युत् आपूर्तिमा अवरोध आएको भए पनि विद्यत्भार कटौती नहुने उहाँले बताउनुभयो ।