रेवानको आयोजनामा फेवातालबाट जलकुम्भि निकालियो

असार १२,पोखरा/पोखराको मुख्य गहना फेवाताललाई जलकुम्भि झारले ढाकेपछि पोखराका पर्यटन व्यवसायि तथा सुरक्षाकर्मिहरुको संयुक्त प्रयासमा शनिवार झण्डै १० ट्रक जलकुम्भिझार निकालिएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल ( रेवान ) पोखराको आयोजनामा भएको सो कार्यक्रममा पोखरा उपमहानगरपालिका, पोखरा पर्यटन परिषद्, पोखरा उद्योग बाणिज्य संघ तथा पर्यटन सम्वद्ध अन्य संस्थाहरु पश्चिमाञ्चल होटल संघ, नाट्टा, टान, एगा, टेसा, मनिचेन्जर, बुकसप लगाएतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
gopiकार्यक्रममा झण्डै २ सय जना नेपाल प्रहरी तथा नेपाली सेनाका कर्णेल सगुन शम्सेर जवराको उपस्थितीमा फुलबारी ब्यारेका र रत्नमन्दिरबाट आएका सेनाहरुपनि जलकुम्भि निकाल्ने कार्यमा जुटेका थिए । नामका लागि भन्दापनि कामकै लागि काम गरिए फेवाताल सफा राख्न सकिने पश्चिम प्रहरी प्रमुख डिआइजी सुरेन्द्रबहादुर शाहले बताए । कार्यक्रम साप्ताहिक रुपमा सञ्चालन गरिए मात्रै बर्षायाममा फेवाताल सफा रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भजुलेले बताए । जसको आयोजनामा कार्यक्रम भएपनि साथ भने सबैले दिनुपर्ने पोखराका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टाराको भनाई छ । मात्रै दुईवटा ट्रक र एक ट्र्याक्टर पठाएर पोखरा उपमहानगरपालिकाले तर्कने काम मात्रै गरेको उनले गुनासो गरे । तर आफुहरुको पनि सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रतिनिकी ओमराज पौडेलले दावी गरे ।
बाहारीघाट देखि मात्स्य विकास केन्द्र सम्म झण्डै ३ सय मिटर क्षेत्रमा गरिएको कार्यक्रममा लेकसाइडका स्थानिय आमा समुह, युवा क्लव, सामुदायिक सेवा केन्द्र, पार्दी तेक्वान्दो दोजाङ्ग लगाएतको सहभागिता रहेको थियो । रेवान पोखराका महासचिव लक्ष्मण बरालले सञ्चालन गरेको समापन समारोहमा बोल्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले ताल सफा गर्नका लागि जनचेतना जगाउने उद्येश्यले रेवानले सो कार्यक्रम आयोजना गरेको बताए । उपाध्यक्ष चौबहादुर गुरुङ्गले कार्यक्रमका सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...