अत्यधिक जाडोका कारण तराइमा दुई दिनमा दुई जनाको ज्यान गयो

पौष ४/घामै नदेख्ने गरी चिसो बढेपछि तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण सित लहर चल्दा कपिलवस्तुमा अहिले सम्म २ जनाको मृत्यु भइसकेको छ ।

पुष २ गते कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा परिचय नखुलेको एक जना र मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्जमा परिचय नखुलेको महिलाको शब फेला परेको छ ।

चिसो हावा र बाक्लो हुस्सुका कारण पुष १ गते देखी घाम नदेखिएपछि तर्राईका जिल्लामा अत्यधिक चिसो बढेको छ । घामै नदेख्ने गरी चिसो बढेपछि बालबालिका, बृद्धा,लगायतलाई  समेत समस्या परेको स्थानियको भनाई छ ।

जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जाडोबाट प्रभावितको सहयोगका लागि सामूहिक प्रयास गरिने निर्णय गरेका छ ।

कमेन्टहरु
Loading...