पौष ४/जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करिब रु एक अर्ब ८१ करोड ५० हजार प्रदान गर्ने घोषणा गरेको छ ।
दमौली -लेखनाथ जलविद्युत प्रसारण लाइन आयोजना अन्तर्गतको ४३ किलोमिटर लाइन निर्माणका लागि जर्मनीले उक्त रकम उपलब्ध गराउने घोषणा गरेको जर्मन राजदुतावासले जनाएको छ।
जर्मन डेभलपमेन्ट बैंकमार्फत उक्त सहायता रकम नेपाललाई उपलब्ध हुने सो दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दुईसय २० किलोभोल्टको उक्त विद्युत् प्रसारण लाइन निर्माण गर्न जर्मनीबाट कूल रु तीन अर्ब ७५ करोड १० लाख प्राप्त हुनेछ ।