मेगा बैंकले विपन्न वर्गकालाइ ४ अर्ब सम्म लगानी गर्ने

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्ष २०७४–७५ को अन्तसम्ममा ४ अर्ब रुपैयाँ विपन्न वर्गमा लगानी गर्ने बता ।
मेगा बैंकको लघुवित्त इकाइले देशभरका ५० वटा लघुवित्त संस्था संग गरेको अन्तरक्रिया कार्यक्रममा कामु सिइओ खुञ्जेलीले भने, ‘अहिलेसम्म हामीले विपन्न वर्गका लागि २ अर्ब ४६ करोड रुपैँया लगानी जनाएको छ । बाँकी रकम पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा लगानी भैसक्ने जनाएको छ ।

हलोदेखि हाइड्रो सम्म लगानी गर्ने बैंकको मूल लक्ष्य भएको बताइन। विपन्न वर्गका लागि गरेको कर्जाको असुलीमा जोखिम समेत न्युन हुने उनले दाबी गरिन ।

कमेन्टहरु
Loading...