२ पुस /जाडोले कठ्याङग्रिएर कपिलवस्तु शिवराज नगरपालिकामा एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।
उनी करिव तिन चार महिना देखि सडकमा मागेर गुजारा गर्थे । मृतकको परिचय अझै खुल्न सकेको छैन ।
स्थानीयले पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव आज बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । केही दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ ।