बाँकेमा सशस्त्र समूह समाप्त

प्रहरीले विभिन्न चरणको अप्रेसन अभियान सञ्चालन गरेपछि बाँके जिल्लामा सशस्त्र भूमिगत समूह करिब करिब समाप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तीन वर्षअघिसम्म करिब तीन दर्जनभन्दा बढी सशस्त्र भूमिगत समूहको आतङ्क झेलेका जिल्लावासी उनीहरुको अस्तित्व समाप्त भएपछि अहिले निश्चिन्त भएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार तीन वर्षका अवधिमा प्रहरीले ८४ भन्दा बढी विभिन्न सशस्त्र समूहका अगुवा र  कार्यकर्तालाई पक्राउ गर्नाका साथै उनीहरुबाट थुप्रै हातहतियार र बन्दोबस्तीका सामान बरामद गरेको थियो।
‘छिटपुट रुपमा कहीँकतै सशस्त्र समूहका कार्यकर्ता छन् भने हामी खोजी खोजी उनीहरुको समूह ध्वस्त बनाइछाड्छौ’ प्रहरी पदाधिकारीको अठोट छ। रासस

– See more at: http://setopati.com/raajneeti/2754/#sthash.rUL2MRsH.dpuf

कमेन्टहरु
Loading...