पौष १ ,
एकदमै प्रतिक्षित चलचित्र ” कृ”को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको थियो । दुइ दिनमै उक्त भिडियो ट्रेन्डिङमा आएको थियो । लाखौको संख्यामा मानिसहरु तथा अनमोलका समर्थकहरुले त्यसलाइ हेरे र अहिले पनि हेरिरहेका छन ।
तर ट्रेलरमा अनमोलले बोलेको संवाद भने केही हिन्दी फिल्मबाट ठाडै साभार गरिएको छ । हिन्दी फिल्म डन २ र काबिलमा रहेको संवादलाई यो फिल्ममा जस्ताको त्यस्तै कपि पेष्ट अनमोललाई बोल्न लगाइएको छ । त्यस्तै अनमोल केसीलाइ डनमा शाहरुख खानको जस्तै गेटअपमा प्रस्तुत गरिएको छ ।