सामसुङको नाफा ३ महिनामा ७ अर्ब डलर

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङको नाफा किर्तिमानी विन्दुमा पुगेको छ । सन् २०१३ को पछिल्लो त्रैमासिकमा कम्पनीले ७ अर्ब अमेरिकी डलर नाफा कमाउन सफल भएको छ ।
स्मार्टफोनको बिक्रिका साथै डिस्प्ले प्यानलको बिक्रि समेत उल्लेखनीय रुपमा बढेपछि कम्पनीले अपि्रल देखि जुन सम्मको त्रैमासिकमा किर्तिमानी नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत बढि हो ।
यो अवधिमा ग्यालेक्सी एस फोरको लोकपि्रयताले नाफा प्रतिशत ह्वात्तै बढाएको विश्लेषण कम्पनीको छ । तर पछिल्लो सफलताको सम्वाहकको रुपमा रहेको स्मार्टफोनको व्यापार भने भविष्यमा केही धिमा हुनसक्ने चेतावनी कम्पनीले दिएको छ ।
Samsung S-4
कम्पनीको नाफामा यस्तैगरी बढोत्तरी हुने कुराको आशा गर्न सकिएपनि युरोपको आर्थिक सुधारमा आइरहेको सुस्तपन तथा अन्य स्मार्टफोन निर्माता कम्पनीहरुसँगको प्रतिस्पर्धाका कारण चुनौति भने तेर्सिने कम्पनीका लगानी सम्बन्ध विभागका प्रमुख रोबर्ट यी को भनाइ छ ।
सामसुङले पछिल्लो समयमा नोकियालाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता कम्पनी बन्न सफल भएको छ । मोबाइल बजारमा सामसुङको हिस्सा तिब्र गतिमा बढ्दै गएको छ । एन्ड्रोइड स्मार्टफोन क्षेत्रको नाफाको ९५ प्रतिशत हिस्सा सामसुङकै पोल्टामा रहेको एक अध्ययनले देखाएको छ । तर पछिल्लो समयमा स्मार्टफोन बजार पुगिसरि -संतृप्त) बन्नु, प्रतिस्पर्धा बढ्नु तथा सस्तो मूल्यका स्मार्टफोनको बजार बढ्नुले आगामी दिनहरु सामसुङका स्मार्टफोनका लागि सहज भने नभएको विश्लेषकहरुको टिप्पणी छ ।
बजारमा टिक्नका लागि सामसुङले आफ्ना स्मार्टफोनको मूल्य घटाउनुपर्ने आवश्यकता आउने र त्यसले प्रत्यक्ष रुपमा कम्पनीको कमाइमा असर पार्ने आँकलन गरिएको छ । यस्तो अवस्थामा सामसुङले नयाँ आविष्कार युक्त प्रडक्टहरु बजारमा ल्याउनु अत्यावश्यक हुन्छ । अन्य स्मार्टफोन कम्पनीलाई निस्तेज पार्नेगरी नयाँ ढंगको प्रडक्ट बजारमा ल्याउन सकेमात्र सामसुङको यो प्रभुत्व टिक्नसक्ने अन्यथा सामसुङको नाफा तथा बजार हिस्सा घट्दै जाने विश्लेषण गरिएको छ ।
विश्वको सबैभन्दा ठूलो टेलिभिजन उत्पादक समेत रहेको सामसुङको डिस्प्ले प्यानल विभागको नाफा पनि बढेकेा देखिन्छ । यो वर्षको पहिलो त्रैमासिकमा भन्दा दोश्रो त्रैमासिकमा यो विभागको व्यापार ४६ प्रतिशत बढेको छ । खासगरी उच्च मूल्य अभिवृद्धि युक्त आइटी प्यानल तथा ६० इन्च र त्यो भन्दा माथिको टेलिभिजनका प्यानको माग बढेकाले डिस्प्ले प्यानलको व्यापार पनि फस्टाएको हो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...