काठमाडौं, २८ मंसिर । मित्रराष्ट्र भारतले हालै नेपालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको स्वागत गरेको छ ।
बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रवीशकुमारले यस्तो स्वागत गरेका हुन् । त्यस्तै भारतले नेपालमा अब बन्ने नयाँ सरकारसँग काम गर्न आफूहरु आँतुर रहेको समेत विश्वास दिलाएको छ । पहिलो प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि नेपाल सरकार र जनतालाई भारतले बधाई समेत दिएको उनले जनाए ।
साथै उनले लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको समेत बताएका छन् ।