आज ४७ औं रक्तदाता दिवस, रक्तदानमा स्वयम्सेवक अगाडि

१२ साउन, काठमाण्डौं । आज ४७ औं रक्तदाता दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । हरेक वर्ष साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रले रक्तदान दिवस मनाउँदै आएको छ । रक्तदाता दिवसका अवसरमा आज केन्द्रले औपचारिक कार्यक्रम गरी नियमित रगत सङ्कलन शिविर सन्चालन गर्ने संस्थाहरूलाई सम्मान गर्ने भएको छ ।
bloodगएको वर्ष करिब पौने तीन लाख युनिट रगत सङ्कलन भएको केन्द्रले जनाएको छ । रगत दानका लागि उत्प्रेरित गराउने उद्देश्यले अरू विभिन्न कार्यक्रमहरू आज विभिन्न जिल्लामा आयोजना हुँदै छ ।
 रक्तदानमा स्वयम्सेवक अगाडि
बाँकेमा रक्तदाता स्वयम्सेवकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि क्रमशः कम हुँदै गएको छ ।
रक्तसञ्चार दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रसको नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रले गत आवमा सङ्कलन गरेको रगतमध्ये ८० प्रतिशत रगत स्वयम्सेवकको रहेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ”-रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झनाको भनाइ छ ।
जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौँतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको उहाँको जिकिर छ । रक्तदानप्रति नागरिकको सङ्ख्या बढ्दै गए पनि अझै २० प्रतिशत रगत बिरामीका आफन्तबाट शोधभर्ना गरी रक्तसञ्चार केन्द्रले उपलब्ध गराउँदै आएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...