मोवाइल प्रेमले लियो ज्यान

सागर राज तिमिल्सिना
पोखरा, ११ साउन/अहिले सबैको हात हातमा मोवाइल छ । मोवाइले कामलाई सहज बनाएको छ । पहिले पहिले चिठीपत्रबाट हुने प्रेमका कुरा मोवाइलमा कुरा गरेर होस् वा यसयमयसबाटै हुने गरेको छ । नयाँ पुस्तात झन अझै बढि मोवाइलमा नै झुन्डीने गरेका छन् । क्याम्पसका विद्यार्थी मात्रै हैन कति पयले त स्कुल तहबाटै मोवाइल लुकिलुकि बोक्ने गरेका छन् ।
untitledक्याम्पस तहमा मोवाइलमा प्रेम गर्ने जोडीको मोवाइल प्रेमका कारण पोखरामा ज्यान गएको छ । स्याङ्गजा विचारी चौतारा ५ बस्ने २० वर्षका त्रिलोचन शर्मा र तनहुँदुले गौडा घर भएकी १९ वर्षकी रुपा मगर विच मोवाइल प्रेम बसेको थियो । मोवाइलबाट कुराकानी हुदा हुदै उनिहरुको भेट्ने योजना बन्यो र साउन १० गते १२ बजे तीर पोखराको ड्याम्साइडको एक होटलमा भेट्ने सल्लाह हुन्छ ।
दुबै ड्याम्साइडको होटल अशोकमा भेट हुन्छन् । दुबैले होटलको बाहिर बसी दुबैले चिसो खान करिब १५ मिनेट विताए पछि होटलको कोठा बुक गरि बस्ने सल्लाह हुन्छ । सल्लाह बमोजिम दुबै कोठामा जान्छन् । केहि समय पछि कोठाबाट बचाउ बचाउ भन्ने आवाज आउछ । आवाज सगै कोठो ढोका खुल्छ । टाउको र शरिर भरि रगतै रगत भएको एक युवक बाहिर आउछ ।
होटलका कर्मचारी पुग्दा ति युवक अरु कोही नभएर केहि समय अगाडी कोठा भित्र पसेका युवक थिए । उनलाई हतार हतार अस्पताल लगिन्छ । कोठामा रहेकी युवतीले होटलको ढोका नखोले पछि प्रहरीले ढोका फुटाउदा केटीले सलको पासो लगाई झुन्डीएको प्रहरीले भटाएको थियो । त्रिलोचन शर्माको अहिले पनि होसमा आउन सकेको छैन भने उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ । रुपा मगरको पश्चिमाञ्ल अस्पताल पोष्टमार्टम भएको छ ।
उनिहरु दुबै कलेजका विद्यार्थी थिए । शर्मा पोखराको जनप्रिय उच्चमाविमा अध्ययनरत रहेका थिए भने मगर कोत्रेमा रहेको उच्च माविमा कक्षा ११ मा अध्ययरत रहेकी थिइन् । प्रहरीको प्रारम्भीक अनुसन्धानले दुबै केहि महिना देखि मोवाइलबाट प्रेम गर्दै आएका थिए । कोठामा गए पछि केटिले केटालाई आखाँ चिम्लीन लागाएर केटाको टाउकोमा खुकुरी प्रहार गरेकी थिइन् । चार पाचँ पटक सम्म खुकुरी प्रहार गदैगर्दा केटा भाग्न सफल भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
 

कमेन्टहरु
Loading...