हार्दिक आभार
मूलुकमा संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान २०७२ जारी भएपछि पहिलोपटक भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनको तर्फवाट कास्की जिल्ला क्षेत्र नं एकको प्रदेशनं १ मा मलाई आफ्नो अमुल्य मत दिएर भारी मतले विजयी गराउनु हुने सम्पुर्ण मतदाताप्रती हार्दीक धन्यवाद व्यक्त गर्दछु ।
निर्वाचनका क्रममा मलाई सहयोग गर्नुहुने मेरा शुभेच्छुक, नागरिक समाज, वुद्धिजिवि, विभिन्न संघ सस्थाका प्रतिनिधि, वाम गठवन्धनका आदरणीय नेता तथा कार्यकर्ता, संचारकर्मी, सुरक्षाकर्मी, सवैप्रती म हार्दीक आभार व्यक्त गर्दछु । चुनावी प्रचार प्रसारका क्रममा वाम गठवन्धनले तयार पारेको घोषणापत्र र मैले आफ्ना मतदाता माझ गरेका प्रतिवद्धताहरुलाई पुर्ण रुपमा कार्यान्वयन गर्न अहोरात्र खटिने छु ।
साथै लोकतन्त्र प्राप्तीका लागी भएको जनआन्दोलन तथा जनयुद्धका क्रममा शहादत प्राप्त गर्ने महान शहीद तथा वेपत्ता, घाईते योद्धाहरुको उच्च सम्मान गर्दै उहाहरुले देखाएको वाटोमा निरन्तर लागिरहने प्रण गर्दछु । यहाहरुले म प्रती देखाउनुभएको अपार स्नेह र मायाँप्रती आगामी दिनमा यहाहरुकै साथमा रहेर अगाडी वढ्ने प्रतिवद्धता पुन दोहो¥याउदछु । धन्यवाद ।
दिपक कोईराला
सांसद
कास्की क्षेत्र नं एक (१)