मनमोहनको निम्तो मान्न कोइराला भारत जाने

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय प्रधानमन्त्री डा. मनमोहनसिंहको औपचारिक निमन्त्रणमा कोइराला आगामी साउन तेस्रो साता भारत भ्रमणमा जानुहुने भएको हो  ।
कोइरालाका स्वकिय सचिव लक्ष्मण ढकालका अनुसार भारत भ्रमणको निम्तो आइसकेको  र आगामी साउन २० गते सभापति कोइराला भारत भ्रमणमा जानुहुने छ । ढकालका अनुसार कांग्रेस सभापति कोइरालाले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री डा. मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनियाँ गान्धी लगायतका शीर्षस्थ नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि नेपाली काँग्रेसकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा सभापति कोइरालालाई उछिन्दै भारतको औपचारिक भ्रमण गर्नु भएको थियो । यस्तै हाल नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भारत भ्रमणमै हुनुहुन्छ । वैशाख दोस्रो साता एमाओवादी अध्यक्ष प्रचण्ड नयाँदिल्ली जानु भएको थियो । cp.

कमेन्टहरु
Loading...