विपद् पुर्व तयारी प्रशिक्षण कार्यक्रम

पोखरा, ११ साउन/पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी पोखराले विपद्मा अपनाउनु पर्ने सुरक्षात्मक उपायसम्बन्धी विद्यालय स्तरीय सचेतनात्मक अभियान स्वरुप राष्ट्रिय उच्च माध्यामिक विद्यालय टुँडिखेल र विद्या निकेतन बोर्डिङ्ग स्कुलमा प्रशिक्षण दिएको छ ।
विपद् व्यवस्थापनमा लामो अनुभव सम्हाल्नु भएका पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दुर्गा बहादुर कुँवर प्रमुख प्रशिक्षक रहेका थिए । कार्यक्रमहरुमा सशस्त्र प्रहरी बल क्षेत्रिय विपद् व्यवस्थापन टिमबाट समेत प्रशिक्षण दिएका थियो । कार्यक्रममा विभिन्न किसिमका विपद्हरु अझ विशेष गरी भू–कम्पमा अपनाउनु पर्ने व्यक्तिगत सुरक्षात्मक उपाय, संरचनात्मक एवं गैर संरचनात्मक सुरक्षा उपाय सम्बन्धमा प्रशिक्षण दिलाईएको थियो ।
दुवै विद्यालयमा गरी मा.वि. तहका करिव २५० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको उपस्थिती रहेको उक्त प्रशिक्षण कार्यक्रममा नेपाल लगायत विभिन्न मुलुकहरु जस््तै हाईटी, पाकिस्तान, जापान, ईन्डोनोसिया, चिन आदी देशहरुमा आएका विभिन्न विपत्तीहरु, असर र यसको व्यवस्थापन सम्बन्धी सचित्र भिडियो प्रर्दशन गर्नुका साथै व्यक्तिगत सुरक्षात्मक उपाय सम्बन्धमा व्यावहारिक डेमोस्टेशन प्रदर्शन गरिएको थियो ।

कमेन्टहरु
Loading...