कास्कीको सार्दीखोला गाविसमा वजेट समीक्षा तथा सार्वजनिक सुनुवाई

पोखरा, ११ साउन/कास्कीको सार्दीखोला गाँउ विकास समितिमा गाविसले दिने सेवा तथा विकास निर्माणका विषयमा केन्द्रित भएर शुक्रवार वजेट समीक्षा तथा सार्वजनिक सुनुवाई भएको छ । गाविसको आयोजना तथा टिआई नेपालसंग आवद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको सहकार्यमा भएको कार्यक्रममा स्थानिय नागरिकहरुले गाविसका विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । गाँउ विकास समितिका सचिव जगन्नाथ अधिकारीले गाँउ विकास समितिमा संचालित आयोजना, सेवाग्राहीलाई दिएका सेवा तथा भौक्तिक पूर्वाधार तथा वजेट वाँडफाँड तथा योजनाका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वजेट समीक्षा तथा सार्वजनिक सुनुवाईमा सचिव अधिकारीले विगतमा भएका कमीकमजोरी सुधार्ने तथा वजेट वाँडफाँड र योजना निर्माणमा सुधार गर्ने प्रतिवद्धता राख्नुभएको थियो । सचिव अधिकारीले, सीमित स्रोत र साधनको उपयोग गर्दै गाविसका विकास निर्माण गतिविधि संचालन गरिएको जानकारी दिनुभयो ।
सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले देश सुशासनको वाटोमा नहिडेको कारण विकास निर्माणका कार्यक्रम ठप्प भएको वताउनुभयो । उहाँले, लोककल्याणकारी राज्य निर्माणका लागि हरेक निकाय पारदर्शी र उत्तरदायी हुनुपर्ने धारणा राख्नुभयो । सुनास कास्कीका सदस्य ई. लेखवहादुर गुरुङ्गले सवै सरकारी कार्यालयको पारदर्शिता र जवाफदेहिताका लागि एलाक डिपी कार्यक्रम कास्की जिल्लामा सुरु गरिएको जानकारी दिनुभयो । स्थानिय निकायको पारदर्शिता र उत्तरदायित्व वढाउनका लागि सुनासले टिआईसंग मिलेर भ्रष्टाचार कम गर्ने काम थालेको जानकारी दिनुभयो ।
सार्दीखोला गाविसका निर्वतमान अध्यक्ष हर्कवहादुर घर्तीले, गाँउ विकास समितिको दीर्घकालिन विकासका लागि तत्काल सुधारका नयाँ कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो । गाविसको विकास निर्माण प्रक्रिया चुस्त वनाउन स्थानिय निकायको चुनाव अनिवार्य भएको उहाँको तर्क छ । उहाँले विकास निर्माण तथा अन्य भौक्तिक निर्माणका पूर्वाधारमा अनियमिता हुने अवस्थामा नागरिक खवरदारी आवश्यक रहेको धारणा राख्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय राजनीतिक पार्टीका नेता तथा प्रतिनिधीहरुले गाविसमा भएका कमीकमजोरी सुधार गर्ने तथा विनापूर्वाग्रह काम गर्ने प्रतिवद्धता समेत राखेका छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष कृष्णप्रसाद गौतमले गाविसमा चयन हुने योजना दलिय सहमतिमा गएको कारण आफ्नो गाविसमा दलिय द्धन्द्ध नरेहको स्पष्ट पार्नुभयो । उहाँले गाविसमा हुने कुनैपनि दुरुपयोग रोक्न आफ्नो पार्टी लाग्ने प्रतिवद्धता पनि गर्नुैभयो ।
नेपाली कांग्रेसका सभापति ईन्द्रवहादुर गुरुङ्गले गाविसका योजना सम्पन्न भएपनि सवैको प्रभावकारी अनुगमन गरेर मात्रै रकम भुक्तानी गर्न आफ्नो पार्टीले पहल गरेको दावी गर्नुभयो । जननिर्वाचित सरकार नभएको कारण गाविसका विकास निर्माणका काममा निष्कृयता आएको स्विकार उहाँले गर्नुभयो । नेकपा एमालेका अध्यक्ष गिरीधारी आचार्यले गाविसका विकास निर्माणका योजना तल्लो तहवाट नै छानिएको वताउनुभयो । उहाँले गाविसका कार्यक्रम पारदर्शी वनाउन विगतका कमजोरी नदोह¥याउने प्रतिवद्धता गर्नुभयो । कार्यक्रमा नेकपा–माओवादीका अध्यक्ष रामकृष्ण वास्तोला, राप्रपाका अध्यक्ष रामकृष्ण रानामगरले पनि नागरिकसामु सार्वजनिक प्रतिवद्धता जनाउनुभएको थियो ।

कमेन्टहरु
Loading...