पोखरा फिल्म सोसाईटीको साधारण सभा भोली

पोखरा, ११ साउन पोखराको चलचित्र क्षेत्रलाई गुणस्तरिय रुपमा माथी उकास्न ५ वर्ष पहिले स्थापना भएको पोखरा फिल्म सोसाईटीको दोस्रो साधारण सभा तथा नया कार्य समिति विस्तार कार्यक्रम हुने भएको छ । पोखरामा रहेका चलचित्रकर्मी र चलचित्रका वारेमा जिज्ञासा राख्ने सवैको साझा सस्थाको रुपमा स्थापीत पोखरा फिल्म सोसाईटीले अन्तराष्ट्रिय स्तरमा पोखराको र समग्र नेपालकै फिल्मलाई प्रतिनिधीत्व गर्दै अगाडी वढाउन सक्षम नेतृत्व चयन गर्ने सस्थाका अध्यक्ष युग वहादुर गुरुङ्ले जानकारी दिए ।
उनले भने–“पोखरा फिल्म सोसाईटी सामान्य राजनीति गर्नका लागि स्थापित फिल्म सोसाईटी होईन यसले समग्र नेपालकै प्रतिनिधी सस्थाको रुपमा हामीले अगाडी वढाउन पनि यो अधिवेशन सफल हुने छ ।” सस्थामा हाल एक सय भन्दा चलचित्र कर्मीको आवद्धता रहेको छ भने संस्थाले महिनाको अन्तिम सनिवार नियमित चलचित्र प्रर्दशनी पनि गर्दै आएको छ ।
जसमा विश्व वजारमा राम्रा मानिएका चलचित्रहरुको प्रर्दशन गर्ने र सो चलचित्रका विविध विषयमा छलफल हुने नियमित चलचित्र प्रर्दशनिका संयोजक सरोज सापाकोटाले जानकारी दिए । पोखराको महेन्द्रपुल स्थित हिमालयन गार्डेन रेष्टुरेण्टमा हुने मध्यान्ह साढे वाह्र वजे हुने साधारण सभामा प्रमुख अतिथीको रुपमा नेपालकै वरिष्ट चलचित्र कर्मी विनोद शेरचन तथा विशेष अतिथीको रुपमा अन्तराष्ट्रिय फिल्म फेडेरेसनका सचिव राजेश गोंगजुको उपस्थिती रहेने पनि आयोजकले जनाएका छन् ।

कमेन्टहरु
Loading...