पोखरामा डेमोनले फेसन शो गर्ने

पोखरा ११ साउन/डेमोन मोडेल एजेन्सीले फेसन फर सिभिलाइजेशन भन्ने मुल नाराका साथ पोखरामा फेसन सो को आयोजना हुने भएको छ । आगामी भदौको दोश्रो हप्तामा पोखरामा रहेका यूवा यूवतीहरुलाई लक्षित गर्दै फेसन शो को आयोजना गर्न लागेको शुक्रवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै डेमोन मोडल एजेन्सी पोखराका डाइरेक्टर पुकार मानन्धरले फेसनलाई संस्थागत गर्दै लैजाने उद्येश्यका साथ आयोजना गर्न लागेके फेशन शोमा पोखराका ४० भन्दा वढी नया मोडलहरुको सहभागीता रहने भएको छ ।model
भदौ १५ गते पोखराको हलनचोकमा रहेको फेवा हर्ड रक रेष्टुरेण्ट एण्ड बारमा हुने उतm कार्यक्रममा नेपालका वरिष्ठ डिजाइनरहरुको डिजाइनलाइ प्रस्तुत गरिने र फेशन शो का लागी फमै खुल्ला रहेको आयोजकले जनाएको छ । मोडलहरुलाई दुइ हप्ते लामो कोरियोग्राफी, सफ्ट स्किल, पर्सनालिटी डेभलपमेन्ट, गु्रमिङ क्लास, लगाएतका विद्यामा प्रशिक्षण हुने आयोजकले जनाएको छ । मोडलहरुलाई कोरियो ग्राफर सोनिका बज्राचार्य र पुकार मानन्धरले प्रशिक्षण दिनुहुने भएको छभने अफिसियल मिडियाको लागी वरिष्ठ फोटोग्राफर प्रदिप नापितले गर्नुहुने भएको छ । ट्रिओ इभेन्ट सेकेण्डको पहिलो चरणको पोखराको शो पछि नेपालका प्रमुख शहरहरु काठमाण्डौ र धरानमा पनि हुने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...