चुरेभावरका नेता निरौलामाथि वैद्य माओवादीको आक्रमण

११ साउन, काठमाडौं । चुरेभावर पार्टीका नेता भूमि निरौलालाई मोहन वैद्य नेतृत्वको नेकपा माओवादकिा कार्यकर्ताले शुक्रबार बिहान कब्जामा लिएर कालोमोसो दलेका छन् । तीनकुनेस्थित कान्तिपुर दैनिकको कार्यालय अगाडि मोडरसाइकलमा हिँडिरहेका निरौलालाई वैद्य समर्थित जनस्वयंसेवक दस्ताले कब्जामा लिई मोसो दल्नुका साथै कुटपिट गरेर छाडेको हो ।
हेल्मेट र मास्कसमेत लगाएर मोटरसाइकलमा हिँडिरहेका निरौलालाई माओवादी कार्यकर्ताले तीनकुनेमा विहान पौने १० बजे रोक्न खोज्दा उनी भाग्ने प्रयास गरेका थिए । तर, उनलाई कठालोमा समातेर हिल्मेट झिकेर मोसो दलिएको थियो । यसक्रममा निरौलाले प्रतिकार गर्ने प्रयास गरे पनि सकेनन् ।bhumi
मोसो दलेपछि माओवादी कार्यकर्ताले निरौलामाथि राजनीतिको आडमा भूमि माफिया बनेर धेरैलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गरेको र महिलामाथि अन्याय गरेको आरोप लगाएका छन् । निरौलालाई सामाजिक कारवाही गरिएको दस्ताको दाबी छ । जनस्वयंसेवक दस्ताले घटनाको जिम्मेवारी लिएको छ ।
आक्रमणपछि वैद्य माओवादीका कार्यकर्ताले निरौलामाथि कारवाही गर्नुको कारण भन्दै यस्तो सामाजिक सञ्जालमा यस्तो प्रचार गरेका छन् ।  cp. onlinekhabar.com

कमेन्टहरु
Loading...