एयर एशियाद्वारा बाढीपीडितलाई ५ लाख सहयोग

एयर एशियाले नेपालमा बाढी पहिरोबाट विस्थापित परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सो रकम जम्मा गरिएको छ।  एयर एसिया एक्सका अपरेसन डाइरेक्टर क्याप्टेन अजनुद्दिन साहले पाँच लाख रुपैयाँको चेक शुक्रबार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई उनकै कार्यालय सिंहदरवारमा हस्तान्तरण गरेका छन्।

सो अवसरमा निर्देशक साहले नेपालमा एयर एसियाको उडान सुरु भएको एक बर्ष पुगेको अबसरमा संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत बाढीपिडीतलाई सहयोग गरिएको बताए।
एयर एसिया एक्सको नेपालस्थित जीएसए इन्सेन्टिभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यक्ष हरिमान लामाले हरेक बर्ष नेपालमा कुनै सामाजिक उत्तरदायित्वका काम गर्ने योजना अर्न्तगत अघिल्लो बर्ष ललितपुरको चण्डेश्वरी प्राथमिक बिद्यालयका बिद्यार्थीलाई ६० थान ल्यापटप बाँडिएको जानकारी दिँदै यस बर्ष नेपालमा बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएकाले राहत कार्यमा एयर एसिया सहयोगी बन्न चाहेको बताए।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सहयोगप्रति एयर एसियालाई ब्यक्तिगत र नेपाल सरकारका तर्फबाट धन्यबाद दिए। कार्यक्रममा नेपालस्थित मलेसियाली दूतावासका चार्ज डे अफयेर, इन्सेन्टिभ ग्रुपका निर्देशकहरु लगायतको उपस्थिति थियो। सन् २०१२ जुलाई ३ तारिखबाट नेपाल उडान सुरु गरेको एयर एसिया एक्सले हाल सातामा पाँच दिन क्वालालम्पुर–काठमाण्डौ उडान गरिरहेको छ।

– See more at: http://setopati.com/samaj/2732/#sthash.2Iyxzf2S.dpuf

कमेन्टहरु
Loading...