मंसिर २०/ इजरायलको राजधानी जेरुसेलममा सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अरब राष्ट्रहरु रुष्ट भएका छन् । अरब देशका नेताहरुले जेरुसेलमलाई राजधानी बनाउँदा मुस्लिम समुदायमाथि आघात पुग्ने भन्दै त्यस्तो निर्णय नगर्न आग्रह गरेका छन् ।
इजरायलमा रहेको अमेरिकी दूताबास तेल अभिवबाट जेरुसेलम सार्ने तथा जेरुसेलमलाई नै राजधानीको मान्यता दिने ट्रम्पको तयारी छ । साउदी अरबका राजा सलमानले ट्रम्पको यस्तो निर्णयले विश्वभरिका मुस्लिम समुदायमाथि आघात पुग्ने बताउनुभयो ।
प्यालेस्टाइनका नेता मोहम्मद अब्बासले ट्रम्पको निर्णयले शान्ति प्रकृया तथा विश्वको सुरक्षा र स्थायित्वमा खतरा पुग्ने चेतावनी दिनुभएको छ । त्यस्तै इजिप्ट र जोर्डनका नेताहरुले पनि अरबको स्थायित्वमा थप खलल नपु¥याउन आग्रह गरेका छन् ।
इजरायल र प्यालेस्टाइनबिच जेरुसेलमको विषयलाई लिएर तनाव छ । इजरायलले जेरुसेलमलाई राजधानी माने पनि प्यालेस्टाइनले पूर्वि जेरुसेलमलाई आफ्नो भूमि मान्ने गरेको छ ।