पहिरोले खानेपानीको पाइप वगायो, पाँचसय घरपरिवार खानेपानीबाट वञ्चित

लेखनाथ, ११ साउन/अविरल बर्षा सँगै आएको पहिरोले लेखनाथ नगरपालिका वडा नं. २ को लामतरा खानेपानी योजनाको एक हजार मिटर पाइप वगाएको छ । पाइप वगेपछि पाँच सय घरधुरी खानेपानीवाट वञ्चित भएका छन् ।
दलित, सुकुम्वासी, जनजाती र कुष्ठरोग प्रभावित समेत वस्ने सो स्थानमा भगवती हाइड्रो पावर नजिक विजयपुर खोलाको किनारबाट खानेपानीको आपूर्ति हुँदै आएको थियो । लेखनाथ साना शहरीले समेट्न नसकेको सो स्थानमा स्थानीयले मुलको पानी तीन किलोमिटर परबाट गाउँसम्म ल्याएका थिए ।
“अस्ती आएको भिषण पानीसँगै आएको पहिरोले एक किलोमिटर जति पाईप वगाईदियो, अहिले गाउँमा पानीको हा हाकार छ, स्थानीय गंगाबहादुर परियारले भने—पाँच सय घरिपरिवार पुरै पानीबाट बन्चित भएका छन् ।”
पाइप पहिरोले वगाएपछि अहिले गाउँलेहरु स्थानीय वगादी खोला र नगरपालिकाको वडा नं. २ को जलजले भन्ने खोलाकिनारको मुलको पानी खान बाध्य भएका छन् ।
परियारले पानी सुचारु गर्न १ हजार मिटर लामो, डेढ इन्चको पाइप चाहिने र त्यसका लागि ३ महिना लाग्ने वताए । उनले भने—“क्षति भए वराबरको पाइप पाए, घरको दुई जना झारा लगाएर भएपनि पानी संचालन गर्ने थियौं ।” पाइप दिने दाताको खोजीमा छौ ।
 

कमेन्टहरु
Loading...