प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटबल साउन १४ देखि

नेपाली सेनाले आगामी साउन १४ गतेदेखि १८ गतेसम्म प्रधानसेनापति प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता २०७० गर्ने भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम, सशस्त्र प्रहरी महिला फुटवल टिम, पूर्वाञ्चल महिला फुटवल टिम, मध्यामाञ्चल महिला फुटवल टिम, पश्चिमाञ्चल महिला फुटवल टिम, मध्य पश्चिमाञ्चल महिला फुटवल टिम र सुदुर पश्चिमाञ्चल महिला फुटवल टिम गरी कुल ८ वटा टिमले भाग लिनेछन्।

 प्रतियोगिता नकआउटको आधारमा संचालन गरिनेछ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः नगद ३ लाख १ लाख ५० हजार र ७५ हजार प्रदान गरिनुका साथै १८ जना खेलाडी, २ जना अफिसियल (टिम मेनेजर र प्रशिक्षक) गरी जम्मा २० जनालाई पदक तथा प्रमाण–पत्र प्रदान गरिनेछ।
साथै उत्कृट चार पोजिसन खेल्ने (किपर–१, डिफेन्स–१, मिड फिल्डर–१ र फर्वार्ड–१) तथा उत्कृष्ट प्रशिक्षक १ गरि ५ जनालाई जनही १० हजार रुपैया र प्रमाण–पत्र प्रदान गरिनेछ। प्रतियोगिता अवधिभर उत्कृष्ट खेल खेल्ने १ जनालाई स्कुटर प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन आउने सबै विकास क्षेत्रका महिला खेलाडीहरुलाई नेपाली सेनाले खाने, बस्ने, बसभाडा लगायतका बन्दोबस्त गर्ने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता जंगी अड्डाको खेल मैदान तथा अखिल नेपाल फुटवल संघको समन्वयमा संघले निर्धारण गरेको खेल मैदानमा हुने भएको छ।

– See more at: http://setopati.com/khel/2719/#sthash.1QAkqL74.dpuf

कमेन्टहरु
Loading...