ललितपुर साइकलको सहर र सांस्कृतिक राजधानी

ललितपुर, मंसिर १५ गते । बढ्दो शहरीकरणले काठमाडौँ उपत्यकालाई साँघुरो बनाएको छ । धुवाँ धुलोले वातावरणलाई नराम्ररी प्रभावित पारेको छ । मानविय स्वास्थ्यमा समेत गम्भीर प्रकारका समस्या खडा गरेको छ । राजधानी शहरलाई सफा र स्वच्छ बनाउने भन्दै विभिन्न कार्यक्रम घोषणा पनि भए । तर कार्यान्वयनको पाटोबाट हेर्दा भने घोषित कार्यक्रम कहिल्यै अगाडि बढ्न सकेन । विशेषगरी पछिल्लो दिनमा राजधानीलाई साइकलको सहर बनाउने अभियान चल्न थालेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जाँदा राजधानीको ललितपुरलाई विशेष गरी सांस्कृतिक राजधानी र साइलकको सहर बनाउने लक्ष्यसहितको कार्यक्रम प्रतिनिधिसभाका उम्ेमदवारले घोषणा गरेका छन् ।

विशेषगरी वामगठबन्धनमा आवद्ध उम्मेदवारले ललितपुरलाई साइकल सिटी बनाउने र सांस्कृतिक राजधानी ललितपुर बन्न सक्छ भन्ने ध्येयका साथ कार्यक्रम अगाडि सारेका छन् ।

ललितपुरको सांस्कृतिक महत्व र ऐतिहासिक सम्पदाको जगेर्ना गर्ने लक्ष्यका साथ कला र संस्कृतिको राजधानीको विषय अगाडि सारिएको उम्मेदवारको तर्क छ । निर्वाचनको समयमा मोटरसाइकल ¥याली तथा जुलुश हुनु सामान्यजस्तै विषय बनेको छ । तर सांस्कृतिक राजधानीको जगेर्ना गर्ने र प्रचारप्रसार गर्ने लक्ष्यका साथ आज ललितपुरमा साइकल ¥यालीको आयोजना गरियो ।

विशेषगरी पाटनदरबार, सातदोबाटो, हरिसिद्धि, ठैंब, नागदह, सुनाकोठी, ठेचो, बुङ्मति, सैंबु, एकान्तकुना हुँदै जावलाखेलसम्मको कुल २७ किलोमिटरको क्षेत्रलाई पर्यटकीय चक्रपथ र साइकलको सहर बनाउने लक्ष्य राखिएको छ ।

साइकल सिटी बनाउने अभियानमा लाग्नुभएका ललितपुरका मनोज महर्जन हाम्रो सांस्कृतिक नगरीलाई नयाँ परिचय दिने अभियान शुरु भएकोमा खुशी व्यक्त गर्नुहुन्छ । साइलक ¥यालीमा सहभागी उहाँले भन्नुभयो “हाम्रो मौलिक पहिचान गुम्ने खतरा बढिरहेको बेला यस्ता कार्यक्रमले नागरिकको चेतनास्तर बढाउन सहयोग गर्दछ ।”

स्थानीयले आफूहरुलाई असाध्यै सरहाना गरेको जानकारी दिनहुँदै ठेचोका अर्का सहभागी सन्तोष महर्जन राम्रो काम जसले शुरु गरे पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । “अव्यवस्थित शहरीकरणका कारण दैनिकजसो नयाँ घर बन्दै गएका छन् । सवारीसाधन आयातमा समेत वृद्धि भएको छ । विश्वका विभिन्न स्थानमा साइकल शहर बनेको र जनजीवनसमेत सहज भएका छन् । नेपालमा पनि त्यस्तो सम्भावना रहन्छ भन्ने मलाई लागेको छ” महर्जन भन्नुहुन्छ ।

कमेन्टहरु
Loading...