१० साउन, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उद्योग मन्त्री समेत रहेका कोइरालाले सिमेन्ट, तेल तथा औषधिको गुणस्तरका विषयमा धेरै जनगुनासो आउने गरेको प्रति सचेत गराउँदै यस्ता विषयमा सम्झौता नगर्न निर्देशन दिनुभयो ।उद्योग मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरुको समीक्षा वैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री कोइरालाले आफू काम गर्ने थलोलाई समन्वयात्मक र प्रविधिमैत्री बनाउन सुझाव दिनुभयो । जनसरोकारसंग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय जनमुखी, पारदर्शी र सेवामुखी हुनुपर्ने उहाँको भनाई थियो ।

कम्पनी रजिष्टार कार्यालय र उद्योग विभागमा केही सुधार आएपनि गुणस्तर तथा नापतौल विभागप्रति सर्वसाधारणको गुनासो नघटेको भन्दै मन्त्री कोइरालाले ट्याक्सीको मिटर विगार्न सहयोग गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्न निर्देशन दिनुभयो ।
जनतालाई प्रत्यक्ष सेवा दिने संस्थाहरुको छवि विगि्रएको आफूलाई पि्रय नलाग्ने भन्दै उहाँले भन्नुभयो- ‘मेरो शिर निहुर्याएर हिँड्नुपर्ने अवस्था ल्याउन नदिनु होला ।’
वैठकमा अघिल्लो वर्षको समीक्षा र यो वर्ष गर्ने कामका विषयमा छलफल भएको थियो । विभागीय प्रमुखहरुले काम गर्दा आइपर्ने समस्याको बेलिविस्तार लगाएका थिए । श्रोत, साधन र दक्ष जनशक्तिको अभावमा सोच अनुसारको काम गर्न नसकेको उनीहरुको गुनासो थियो ।
वैठकमा उद्योग विभाग, घरेलु तथा साना उद्योग, खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, कम्पनी रजिष्टारको कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र विशेष आर्थिक परियोजना प्रमुखहरुको सहभागिता थियो । cp. onlinekhabar.com
२०८२ कार्तिक २६ गते मंगलवार
सिमेन्ट, तेल र औषधिमा सर्वसाधारणको गुनासो बढ्यो : अर्थमन्त्री
कमेन्टहरु