आफूले चलाएको कार दुर्घटना हुँदा मृत्यु

आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।

कमेन्टहरु
Loading...