बैद्य माओवादीले चुनाव बहिस्कार आन्दोलन थाल्दै

१० साउन, काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गर्दैछ । यथास्थितिको चुनाव बहिस्कार गर्ने पोखरा बैठकको निर्णय अनुसार माओवादीले आज देशभर एकसाथ आसमभा गरेर चुनाव बहिस्कार आन्दोलन सुरु गर्न लागेको हो ।
माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दिउँसो २ बजेपछि रत्नपार्क शान्तिबाटिकामा हुने बहिस्कारसभालाई महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्नु हुनेछ भने भक्तपुरमा हुने सभालाई सचिव नेत्रविक्रम चन्द विप्लव र ललितपुरको लगनखेलमा हुने सभालाई अर्का सचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।

कमेन्टहरु
Loading...