बैद्य राजा ब्यूँताउने खेलमा लागे : देवेन्द्र पौडेल

बिजय चालिसे
१० साउन, चितवन । एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले नेकपा-माओवादी राजतन्त्र ब्यूताउने खेलमा लागेको आरोप लगाउनु भएको छ ।
davendra-paudel-1चितवनको भरतपुरमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य हुनसक्ने माओवादीका अध्यक्ष मोहन बैद्यको अभिब्यक्ति त्यसैको प्रमाण भएको दावी गर्नुभयो । पूर्वराजासँग सहकार्य हुनसक्ने भन्दै हिड्नु लोकतन्त्र विरोधी अभिब्यक्ति भएको उहाँको भनाई छ ।
वर्तमान संकटको एकमात्र विकल्प संविधानसभाको चुनाव भएको भन्दै एमाओवादी नेता पौडेलले दलहरुबीच सहमति गराउन सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले असन्तुष्ट दलहरु सहभागि हुने निश्चित भएमा सहमतिका आधारमा चुनावको मिति केहि फेरबदल गर्न सकिने प्रष्ट पार्नुभयो ।
एमाओवादीभित्र देखिएको विवादबारे पत्रकारले सोधेको प्रश्नमा नेता पौडेलले ठुलो पार्टीमा केहि समस्या रहनु स्वभाविक भएको बताउनु भयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...