वर्षमान पुनले दिए बिप्लबलाइ सुझाव , भने बहस गरौं, हतियार किन उठाउनुपर्‍यो ?

प्रेस सेन्टर र प्रेस चौतारी दाङले बुधबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व लडाकु कमाण्डर समेत रहेका माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले चन्दलाई हिजो सँगै हतियार उठाएका मित्रले अहिले गलत समयमा फेरी हतियार उठाएको भन्दै बिक्रम चन्द (विप्लब) संग गुनासो गरे ।
‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद्, साम्यवाद्सम्म पुग्न सकिने ठाउँ छ,’ उनले भने,‘त्यसैले बम बिस्फोटलाई पैसा असुल्ने स्वार्थमा प्रयोग गर्नेतर्फ सजग हुनुपर्‍यो ।
हतियार गलत तरिकाले प्रयोग गर्दा भोलि तिनै कार्यकर्ताले नेतालाई नै सिध्याइदिने खतरा हुन्छ ।’

नाफा घाटाका लागि प्रयोग गरिने हतियार गलत तरिकाले प्रयोग हुने उनले बताए । अहिले कसकाविरुद्ध हतियार चलाउने भन्ने स्पष्ट नभएको धारणा उनले व्यक्त गरे । ‘विप्लवजीको हतियार अराजकता र अपराधिकरणका लागि प्रयोग हुन थालेको छ ।
उहाँका गतिबिधि आपराधिक र अराजनीतिक भैरहेका छन्,’ पुनले भने,‘हिजो जनयुद्धमा आमसभामा कतै बम बिस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।’

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेकोमा पुनले आक्रोश व्यक्त गरे । ‘राज्य पनि आपराधिक क्रियाकलापमा गम्भिर हुन सकेको छैन । राज्य पनि राज्य जस्तो हुन सकेन,’ उनले भने,‘हरेक व्यक्ति निर्भयताका साथ चुनावमा सहभागी हुन पाउने अवस्था राज्यले सिर्जना गर्नुपर्छ ।
विस्फोट गराउने पक्षलाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार तयार हुनुपर्छ ।’

 

SEE ALSO : CHUDAMANI SHARMA RELEASED AND FREE FROM INSPECTION 

कमेन्टहरु
Loading...