छक्का पन्जाको आलोचना गर्ने रिचा शर्मालाई दिपक फिल्म छेत्रबाट कडा जवाफ, फोटो सहित

सधैं पर्दा पछाडि रहेकी नायिका रिचा शर्मा अहिले आफ्नो भनाइका कारण चर्चामा आएकी छिन

उनले नेपालको सफल फिल्म ” छक्का पन्जा ” र “छक्का पन्जा २” को बारेमा आफ्नो टिप्पणी दिएकी थिइन, उनले भनिन छक्का पन्जा जस्ता फिल्महरुले गर्दा अन्य फिल्महरुले त्यती चर्चा पाएका छैनन, छक्का पन्जा जस्तो फिल्म हेरेर ताली बजाउने दर्शकहरु मुर्ख हुन।” यती मात्र नभइ उनले ‘छक्का पन्जा’ र यसकी निर्देशक दीपाश्री निरौलामाथि पनि प्रश्न उठाइन् ।

ऋचाले आफूले निर्माण गरेको चलचित्र ‘आधा लभ’ले समाजका ५ वटा गम्भिर बिषयलाई उठाएको बताउँदै यो चलचित्र हलमा एक साता पनि नटिकेको बताएकी छिन् ।ऋचाले भनेकी छिन्-‘चलचित्रको एक दृश्यमा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ । यही दृश्यमा दर्शक हाँसेका छन् र ताली बजाएका छन् । मैले चलचित्रको ब्रेकमा दीपा जीलाई के हो दिदी यस्तो भनेर सोधे । उहाँले दोश्रो हाफ पनि हेरन भन्नुभयो । हलमा महिलाको वेइज्जत हुँदा दर्शक हाँसेको र ताली बजाएको देख्दा रिस पनि उठिरहेको थियो ।’

रिचाको टिप्पणीमा छक्क पन्जा टिमको यस्तो जवाफ छ

 

दीपाको यो स्टाटस कपि गर्दै नायिका प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीदेखि चलचित्रका लेखक तथा कलाकार दीपकराज गिरीले पनि आपत्ती जनाएका छन् ।

टिमको कडा जवाव पछि रिचाले यस्तो लेखिन फेसबुकमा :

म एक कलाकार,निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ ।मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्। सिनेमामा आफूलाई मन लागेको देखाउँन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन्, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।
म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्र्तक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ। सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन्।मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ ।
र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो ।
सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।
फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनु पर्छ ।
र, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अङाल्छु, सच

 

कमेन्टहरु
Loading...