जहाजको निहुँमा दर्जनौ विदेश शयर

राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको सिंगापुरमा मर्मत भइरहेको एउटा जहाज लिन जाने ‘निहुँ’ मा ५० जनाजति कर्मचारीले विदेश शयर गरेका छन्। ती कर्मचारीको विदेश शयरका लागि निगम व्यवस्थापनले झन्डै ५० लाख रूपैयाँ वेहोर्नुपरेको छ। जहाज लिन जाने भनेर काठमाडौं–सिंगापुर ओहोर दोहोर गर्ने ति कर्मचारीले अहिलेसम्म जहाज भने ल्याउन नसकेको आजको नागरिक दैनिकमा खबर छ।

‘यसरी गएका कर्मचारीको काम मजाले विदेश घुम्ने र भत्ता पचाउँने मात्र हो,’ निगमका एक अधिकारीले भने,’ नभए एउटा जहाज लान र ल्याउन यत्रो लावालश्कर किन जानुपर्‍यो? यो पनि अनियमितताको गतिलो उदाहरण हो।’
जहाज अभावमा पर्याप्त आम्दानी गर्न नसकेको निगमका लागि यस्तै ‘अनियमितता’ र फजुल खर्चले पनि थिलथिलो पार्दै आएको सम्बद्ध अधिकारी नै बताउँछन्। मर्मत गरेपछि लिन चालक दल र इन्जिनियर मात्र गए पुग्ने भएपनि वर्षौदेखि हुलका हुन कर्मचारी जाने गरेको ती अधिकारीले बताए ।

– See more at: http://setopati.com/chapa-bata/2699/#sthash.tocWme1W.dpuf

कमेन्टहरु
Loading...