कांग्रेस नेताका घरमै कार्यालय

राजनीतिक दलमाथिको प्रतिवन्ध फुकुवालगतै ०३६ मा केन्द्रीय कार्यालय खोलेको नेपाली काँग्रेस अहिले ललितपुर सानेपास्थित जिपीनगरमा आफ्नै भव्य भवनमा केन्द्रीय कार्यालय चलाउँछ । २८ कोठाको तीनतले यो भवन भने प्राय सुनसान रहन्छ ।

जिल्लाबाट बेलाबेला आइपुग्ने कार्यकर्ता र कर्मचारीबाहेक पार्टी कार्यालयमा जेता–कार्यकर्ता बिरलै झुल्किन्छन् । बाटोसहित ६ रोपनी ८ आना क्षेत्रफलमा निर्मित सो भवन प्रयोगविहिनझैं छ । ११ हजार ४ सय फिट ओगटेको भवनमा तीन हल, पुस्तकालय, चमेनागृह, प्रेस कोठाबाहेक २८ कोठा छन् । सभापति र पदाधिकारीका लागि अलग अलग कार्यकक्ष छन् ।
सभापतिलगायत अधिकांश नेताले कार्यालय प्रयोग गर्न छाडेपछि कार्यकर्ता पनि त्यहाँ जान छाडेका छन् । जिल्लाबाट आउनेहरु पनि कार्यालयमा नेता नभेटिएपछि सोध्देखोज्दै नेताको घरमै पुग्न बाध्य हुने आजको नागरिक दैनिकमा खबर छ ।
– See more at: http://setopati.com/chapa-bata/2700/#sthash.twJlGTQB.dpuf
कमेन्टहरु
Loading...