कोकाकोलाकपमा बिहिबारदेखि क्वाटरफाइनलका खेल शुरु हुने

पोखरा, १० साउन/पोखरा रंगशालामा जारि कोकाकोला कप अन्तर विद्यालय फुटवल प्रतियोगितामा विहिबारदेखि क्वाटरफाइनलका खेल शुरु हुँदैछ । बुधबार छात्रर्फ प्रि क्वाटरफाइनलका चार तथा छात्रातर्फ एक खेल सम्पन्न भएको छ ।
छात्रतर्फ भद्रकालिलाई सेण्ट फ्रान्सिसले पराजित गरेको छ । त्यस्तै,गण्डकि बोर्डिङ्ग स्कुलले जनप्रकास उच्च माविलाई २–१ ले, रेन्बो एकेडेमीले पोखरा एकेडेमीलाई २–१ ले नै तथा इन्द्रराज्यले विन्दवासिनीलाई ५–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
अखिल नेपाल फुटवल संघ एन्फाको आयोजना तथा कास्की जिल्ला फुटवल संघको संयोजनमा पोखरा रंशालामा जारि प्रतियोगितामा छात्रातर्फ टप्सले पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरेको थियो ।

कमेन्टहरु
Loading...