मङ्सिर ८ ,
रसुवामा नेपाली काँग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडपको अवस्था सिर्जना भएकाले विहिबार राती गोली चलेको छ ।
मौन अवधि सुरु हुनै लाग्दा दुई पक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको हो । राति ११ बजे दक्षिणी रसुवाको कालिकास्थानमा १३ राउण्ड हवाई फायर भएको हो ।
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि हवाइ फायरिङ गरिएको बताए । उनका अनुसार अहिले त्यस क्षेत्रको स्थिति सामान्य छ ।