केपि ओलिको घरमा आज बिहान ताकेर बम विष्फोट

मङ्सिर ८ ,

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको झापा दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको त्यस घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।

मूल गेटमै थप एउटा शंकालु वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य नोक्सान भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...