९ साउन पोखरा /यसबर्षको स्वर्गीय गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार रवीन्द्र बाँस्तोला सम्मानित भएका छन् । साहित्यकार सरुभक्तले आज आयोजित एक कार्यक्रमका बिच बास्तोलालाई २५ हजार सहित सम्मान गरेका हुन् ।
डेढ दशक देखी पोखराको पत्रकारितामा सक्रिय बास्ँतोला अहिले पोखरा आवाज दैनिकका सम्पादकको रुपमा कार्यरत छन् । पुरस्कार छनौट समितिको संयोजक नारायण भट्टराईको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसको आधारमा उनलाई पुरस्कृत गरिएको हो । पत्रकार वाँस्तोलाले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, पश्चिमाञ्चल संयोजक तथा कास्की शाखा अध्यक्ष भएर नेपाल पत्रकार महासंघको संगठन निर्माणमा पनि उल्लेख्य योगदान गरेका थिए ।
स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीको परिवारद्वारा स्थापित एबं पत्रकार महासंघ कास्कीद्वारा संचालित पुरस्कारबाट यसअघि पुण्य पौडेल, ओम शर्मा, पदम रेग्मी, गंगाधर पराजुली, रद्रबहादुर थापा, रमेश पौडेल, निर्मला शर्मा, हिमनिधि लौडारी, श्यामनाथ कुँवर, राजबहादुर गुरुङ, दुर्गा भण्डारी, भेषराज आचार्य, आरजु विष्ट सल्यानी, रुद्र भट्ट, हेमराज बराल, वाशुदेव मिश्र र रामकृष्ण ज्ञवाली सम्मानित भइसकेका छन् । पुरस्कार अघिल्लो बर्षदेखि राष्ट्रिय स्तरको बनाइएको थियो ।
