बाराही उच्च माविमा विपद् पुर्व तयारी प्रशिक्षण

पोखरा, ९ साउन/पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी पोखराले विपद्मा अपनाउनु पर्ने सुरक्षात्मक उपाय सम्बन्धी विद्यालय स्तरीय सचेतनात्मक अभियान स्वरुप बाराही उच्च माध्यामिक विद्यालय पोखरामा प्रशिक्षण दिएका छन् । विपद् व्यवस्थापनमा लामो अनुभव सम्हाल्नु भएका पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दुर्गा बहादुर कुँवर लगायत क्षेत्रिय विपद् व्यवस्थापन टिमबाट प्रशिक्षण दिलाईएका थिए ।
कार्यक्रममा विभिन्न किसिमका विपद्हरु अझ विशेष गरी भू–कम्पमा अपनाउनु पर्ने व्यक्तिगत सुरक्षात्मक उपाय, संरचनात्मक एवं गैर संरचनात्मक सुरक्षा उपाय सम्बन्धमा प्रशिक्षण दिएको थियो । कक्षा ११ र १२ का विद्यार्थीहरु र शिक्षकहरु समेत गरी १०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल लगायत विभिन्न मुलुकहरु जस््तै हाईटी, पाकिस्तान, जापान, ईन्डोनोसिया, चिन आदी देशहरुमा आएका विभिन्न विपत्तीहरु र यसले पारेको असर सम्बन्धी सचित्र भिडियो प्रर्दशन गरीएको थियो ।
कास्की जिल्ला प्राकृतिक सौन्दर्यताका साथै यसको भौगोलिक बनावटले गर्दा विभिन्न किसिमका विपत्तीहरु जस्तै भू–कम्प, सेती नदीबाढी, हिमपहिरो, सवारी दुर्घटना, सेतीखोँचहरुको खतरा, हावाहुरी, चट्याङ्ग र आगलागीबाट समेत संवेदनशिल रहेकोले यस प्रभावको सामना गर्न समुदायलाई नै प्रशिक्षण दिई समुन्नत (च्भकष्ष्भिलत) बनाउन जरुरी रहेकोले उक्त सचेतनात्मक कार्यक्रम सञ्चालन गरिएको हो । केही समय अगाडी जनप्रिय उच्च माध्यामिक विद्यालय सिमलचौरबाट सुरुवात गरिएको कार्यक्रम कास्की जिल्लामा रहेका विभिन्न ८६ वटा सरकारी तथा निजी विद्यालयहरुमा सञ्चालन गरिने लक्ष्य रहेको छ ।
 
 

कमेन्टहरु
Loading...