सरकारी निर्णयप्रति पोखरेलीको विरोध

पोखरा, ९ साउन/पोखराको फेवाताल किनरामा रहेको रत्नमन्दिरमा पाँच तारे होटल बनाउने सरकारी तयारी प्रति पोखरेली पर्यटन ब्यबशायीले बिरोध गरेका छन् । नेपाल ट्रष्ट मातहतमा रहेको रत्नमन्दिरमा पाँचतारे होटल संगै गेष्ट हाउस बनाउने तयारीमा सरकार लागेको भन्दै उनिहरुले कुनैपनि हालतमा काम अघि बढाउन नदिने चेतावनी दिएका हुन ।rrrrराष्ट्रिय पर्यटन व्यवसायी संगठन पश्चिमाञ्चल क्षेत्रीय समितिले बुधबार एक विज्ञप्ति प्रकाशित गदै रत्न मन्दिरलाईलाई पाँचतारे होटल बनाउन लागेकोमा आपत्ति प्रकट गरेको छ । नेपाल ट्रष्टको कार्यालयको मातहतमा रहेको रत्न मन्दिरलाई निजी क्षेत्रको सहकार्यमा लगानी बोर्डले होटल बनाउने प्रक्रिया अगाडि बढाएकोमा संगठनले असहमति जनाएको हो ।
संगठनका अध्यक्ष गोविन्दराज पहारीले रत्न मन्दिरलाई होटल बनाउनको लागि प्रक्रिया अगाडि बढाएको सम्बन्धमा पत्रपत्रिकामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यो प्रक्रिया रोक्न माग गरे । विगतको सरकारले जैविक विविधतायुक्त संग्रहालय बनाउन प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले नगर विकास समितिको ६५ मिटर मापदण्डभित्र पर्ने त्यस क्षेत्रमा संरचना बनाउन लागेकोमा आपत्ति प्रकट गर्नुभयो ।
राष्ट्रिय प्राथमिकताको योजनामा राखिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा लगानी बढाउन लगानी बोर्डलाई आग्रह गछौ अध्यक्ष पहारीले भन्नुभयो–‘ नेपाल ट्रष्टको कार्यालयलाई रत्न मन्दिरलाई होटल बनाउने अनुमति नदिन आग्रह गछौ । ’रत्नमन्दिरमा होटल नभई जैबिक बिबिधता संगांहालय स्थापना गर्नुपर्ने माग पर्यटन ब्यवसायीको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य बहादुर भुजेलले केहि ब्यत्तिले फाईदा लिनको लागि रत्नमन्दिरलाई होटलमा परिणत गर्न लागेपनि समग्र पर्यटन ब्यबशायी यसको बिरुद्धमा रहेको बताउनुभयो । ‘सरकारले रत्नमन्दिरमा होटल खोल्न लागेको हो भने हामी बिरोध गछौ ’ उहाँले भन्नुभयोे ‘ समग्र उद्योेगी ब्यबशायी मिलेर काम अघि बढ्न दिदैनौ । ’
नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले सग्राहालयको लागि सम्पूर्ण पोखरेली एक भएपनि होटल संचालनको पक्षमा नरहेको बताउनुभयो । पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैह्ेले रत्नमन्दिरमा होटल खोल्न वा ब्यबशायिक प्रयोजनमा दिन नहुने बताउनुभयो ् । सम्बन्धित सरोकारवालासंग छलफलनै नगरी सरकारले होटल खोल्न लागे त्यो आपत्तीजनक हुने उहाँको भनाई छ । तत्काल संघको बैठक बोलाई यसबारे औपचारिक धारण सार्बजनिक गर्ने उहाँले बताउनुभयो ।
रत्नमन्दिरको क्षेत्रफल एक सय ११ रोपनी छ । पूर्बराजा बिरेन्द्रको नाममा रहेको सम्पत्ति सरकारीकरण भएपछि २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ ।यसैविच नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको फेवाताल किनारमा अवस्थित रत्न मन्दिर परिसरमा पाँचतारे होटल खोल्न लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको समाचारप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाका महासचिव रामबहादुर पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा ऐतिहासिक, पर्यावरणीय, जैविक एवं पर्यटकीय महत्व राख्ने रत्न मन्दिरको संरक्षण, विकास र भावी योजनाबारे प्रत्यक्ष सरोकार राख्ने स्थानीय संघसंस्था लगायत नागरिक समाजलाई समेत वेवास्ता गरी एकलौटी र अपारदर्शी ढङ्गले पाँचतारे होटलको योजना ल्याउनु तमाम पोखरेली जनताप्रति अपमान भएकोले उक्त निन्दनीय कार्यको घोर भत्र्सना गरिएको छ ।
विज्ञप्ति मार्फत उक्त अधिनायकवादी निर्णयको खारेज गर्दै रत्न मन्दिर लगायत अन्य सम्पदाहरुको भविष्य निर्माण गर्ने अग्राधिकार पोखरेली जनताहरुलाई नै सुम्पिदिन नेपाल सरकार र नेपाल ट्रष्ट समक्ष जोडदार माग गरिएको छ ।

कमेन्टहरु
Loading...