साँगाको महादेव मुर्ति जान केबलकार बन्ने

९ साउन, काठमाण्डौं । मासिक करिब एक लाखले घुम्ने अनुमान गरिएको भक्तपुर साँगाको महादेव मुर्तिसम्म जान केबलकार बन्ने भएको छ । यसका लागि दुई निजी कम्पनीले उद्योग विभागमा प्रस्ताव हालेका छन् ।शिवदर्शन केवलकार र कैलाशनाथ महादेव केवलकारले छुट्टाछुट्टै प्रस्ताव विभागमा पेस गरेका हुन् । ‘त्यसमध्ये कैलाशनाथ महादेव केबलकार प्रालिले विदेशी लगानीको स्वीकृति पाइसकेको छ,’ विभागका एक अधिकारीले भने ।sanga-siva
महादेवको मन्दिर निर्माणकर्ता कमल जैनको नाममा विभागले विदेशी लगानीको स्वीकृति दिएको हो ।
महादेव मन्दिर निर्माण गर्ने जैन र नजिकै फन पार्क सञ्चालक भरत गिरीको संयुक्त लगानीमा केबलकार निर्माण गर्ने तयारी गरेका हुन् । प्रस्तावअनुसार दुबैको लगानी ५०-५० प्रतिशत हुनेछ । उक्त कम्पनीले ६ करोड रुपैयाँमा केबलकार निर्माण गर्न प्रस्ताव पेस गरेको हो । अर्को प्रस्ताव भक्तपुरका स्थानीय विश्वराम खत्री र केसम राउतले गरेको कान्तिपुर दैनिकमा खबर छ ।
उनीहरुले पनि शिवदर्शन केबलकार प्राली दर्ता गरी मन्दिरसम्म जानकै लागि विभागमा गत असारमा अनुमति माग गरेका हुन् । उनीहरुले भने ६ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने जनाएको छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...