क्यासीनो ग्यान्ड पोखरा बन्द

सागर राज तिमिल्सिना
पोखरा, ८ साउन/पोखरा १७ विरौटामा रहेको होटल ग्यान्डमा सन्चालन हुदै आएको क्यासीनो ग्यान्ड पोखरा बन्द भएको छ । सरकारले पछिल्लो समय क्यासीनोका लागी ल्याएको नितिका कारण क्यासिनो बन्द गर्नुपरेको क्यासिनोका नायव महाप्रबन्धक श्याम खड्काले बताए । उनले सरकारले २ करोड रहेको क्यासीनो रोयल्टीलाई ४ करोड बनाएको, लासेन्स नविकरणका लागी २ करोड, नविकरणका लागी फर्म शुल्क ५ लाख र ४ करोड बैंक ग्यारेन्टी राख्नु पर्ने वाध्यता बनाएका कारण क्यासीनो बन्द गर्नु परेको खड्काले बताए ।
IMG_4284खड्काले अघिल्लो वर्ष २ करोड मात्रै राजश्व तिरे हुनेमा अहिले बढेर १० करोड ५ लाख पुगेको बताउदै बढेको राजश्व तिन नसक्ने अवस्था आए पछि क्यासीनो बन्द गर्नु परेको बताए । क्यासीनको सन्चालन भ्याली लिङ्कले सन्चालन गर्दै आएको थियो । क्यासीनो बन्ध भए सगँ क्यासीनोमा कार्यरत २ सय २० जना कर्मचारीले अवकास पाएका छन् । उनिहरुले केहि महिनाको तलब समेत लिन रहेको कर्मचारीहरुले बताए ।
खड्काले दैनिक २० देखि २ सय सम्म पर्यटकहरु क्यासीनोको लागी क्यासीनो ग्यान्ड पोखरामा आउने गरेको बताए । उनले भारती र चाइनीज पर्यटकहरु बढि आउने गरेको उनको भनाई थियो । नेपालका क्यासीनोको लागी मात्रै करिब ७० हजार पर्यटक नेपाल आउने गरेको क्यासीनो सन्चालकहरु बताउ छन् ।
त्यस मध्ये करिब १५ प्रतिशत पर्यटकहर पोखरा आउने गरेको उनिहरुको दावि छ । नेपालका १० वटा पाचँ तारे होटलहरुमा १० वटा क्यासीनो सन्चालन हुदै आएका छन् । सन् २००६ मा पोखराको फुलबारी रिसोर्टमा क्यासीनो चलाएको भ्यालीले पोखरा ग्यान्डमा सन् २००८ बाट क्यासीनो सन्चालमा ल्याएको हो ।

कमेन्टहरु
Loading...