रत्नमन्दिरमा होटल खोल्न नदिने ः पर्यटन ब्यबशायीको भनाई

गोकुल बानियाँ
पोखरा, ८ साउन/पोखराको रत्नमन्दिरमा पाच तारे होटल बनाउने सरकारी तयारीको पोखरेली पर्यटन ब्यबशायीले बिरोध गरेका छन् । नेपाल ट्रष्ट माताहातमा रहेको रत्नमन्दिरमा पाचतारे होटल संगै गेष्ट हाउस बनाउने तयारीमा सरकार लागेको भन्दै उनिहरुले कुनैपनि हालतमा काम अघि बढाउन नदिने चेतावनी दिएका छन् ।
rrrrरत्नमन्दिरमा होटल नभई जैबिक बिबिधता संग्रालय स्थापना गर्नुपर्ने उनिहरुको माग छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य बहादुर भुजेलले केहि ब्यक्तिले फाईदा लिनको लागि रत्नमन्दिरलाई होटलमा परिणत गर्न लागेपनि समग्र पर्यटन ब्यबशायी यसको बिरुद्धमा रहेको बताए । ‘सरकारले रत्नमन्दिरमा होटल खोल्न लागेको हो भने हामी बिरोध गछौ ’ उनले भने ‘ समग्र उद्योगी ब्यबशायी मिलेर काम अघि बढ्न दिदैनौ । ’
नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले संग्रालयको लागि सम्पूर्ण पोखरेली एक भएपनि होटल संचालनको पक्षमा नरहेको बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैह्रेले रत्नमन्दिरमा होटल खोल्न वा ब्यबशायिक प्रयोजनमा दिन नहुने बताएका छन् । सम्बन्धित सरोकारवालासंग छलफलनै नगरी सरकारले होटल खोल्न लागे त्यो आपत्तीजनक हुने उनको भनाई छ । तत्काल संघको बैठक बोलाई यसबारे औपचारिक धारण सार्बजनिक गर्ने उनले बताए ।
रत्नमन्दिरलाई अन्तराष्ट्रिय स्तरको संग्रालय बनाई पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्न पोखरेली पर्यटन ब्यबशायीले माग गरेका छन् । यसअघिनै ब्यबशायीक प्रयोजनको लागि दिने ट्रष्टको तयारी प्रति यस क्षेत्रका पर्यटन ब्यबशायीले बिरोध जनाएका थिए । सार्बजनिक निजी साझेदारी अनुसार सुबिधासम्पन्न पाच तारे होटल , बिशिष्ट ब्यक्ति बास बस्नको लागि गेष्टहाउस र संग्रालय खोल्न लगानी बोर्डले ट्रष्टलाई गरेको प्रस्ताब सकारात्मक देखिएपछि प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ । तर पोखरेली पर्यटन ब्यबशायीको बिरोधका बिच काम अघि बढाउन चुनौति थपिएको छ । रत्नमन्दिरको क्षेत्रफल एक सय ११ रोपनी छ । पूर्बराजा बिरेन्द्रको नाममा रहेको सम्पत्ति सरकारीकरण भएपछि २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ ।
तस्वीर ः सुर्दशन रन्जित
 

कमेन्टहरु
Loading...