भारती भवन उच्च मा.वि.मा ने.वि.संघ

साउन ८, पोखरा/नेपाल विद्यार्थी संघ कास्कीले आफ्नो संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै कास्की क्षेत्र न.४ पुरन्चौरमा रहेको भारती भवन उच्च मा.वि.मा मंगलबार ने.वि.संघले १७ सदस्यिय संगठन विस्तार गरेको छ ।
जसमा सभापती विश्वास पौडेल उपसभापती कृष्णप्रसाद तिवारी सचिव कल्पना तिवारी कोषाध्यक्ष सुनीता खनाल सहसचीव नवराज अधिकारी त्यसैगरी सदस्यहरुमा इन्दिरा गौतम,पवन गौतम,सुनील बास्तोला,सुस्मिता तिवारी,विकास पौडेल,शिलाप्रसाद पौडेल,कुमार परियार,प्रमोद जि.सी.,विदुर आचार्य,केपी तिवारी,कल्पना बास्तोला र भिमबहादुर नेपाली रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल विद्यार्थी संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले विगत देखी वर्तमान सँग सधै विद्यार्थीको हकहितमा उभिएको नेपाल विद्यार्थी संघमा गोलबन्द हुन्न आग्रह गरे । साथै सो कार्यक्रमका विशेष अतिथी उंव नेपाली कांग्रेस पुरन्चौर गाऊ इकाई सभापती गणेश पौडेल ने.वि.संघ कास्कीका सदस्य एंव विद्यार्थी नेताहरु खुसीराम बराल,ताराप्रसाद तिमील्सिना र महेश बञ्जाराले ने.वि.संघको बारेमा प्रस्ट पादै आ–आफ्नो भनाई राखेका थिए । कास्की क्षेत्र न.४ ने.वि.संघ सभापती सुसील पौडेलको सभापतीत्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन ने.वि.संघ कास्कीका सदस्य विनोद मरासीनीले गरेका थिए ।

कमेन्टहरु
Loading...