पृथ्वीचोक वसपार्क क्षेत्रमा सरसफाई सम्पन्न

पोखरा ८ साउन/टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९को आयोजना तथा महामा आईतबार पृथ्वीचोक क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। सो सरसफाई कार्याक्रममा नगरपालिकाका वातावरण शाखाका कार्यक्रम अधिकृत निर्मलमान सिंह भण्डारीलाई समन्वय समितिका अध्यक्ष उत्तम जोशीले कुचो हस्तान्तरण गरि कार्य शुभारम्भ गरिएको थियो।
वडा नं.९ भित्र रहेका नागढुङ्गा टोल विकास संस्था तथा आमा समुह, किराँत आमा समुह, कृष्ण टोल विकास संस्था तथा आमा समुह, शान्तिघाट टोल विकास संस्था तथा आमा समुह, सेतीगंगा टोल विकास संस्था तथा आमा समुह। सत्येश्वर आमा समुह, शिव टोल विकास संस्था, पार्वती टोल विकास संस्था लगाएतका टोल विकास संस्था तथा आमा समुहका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।
उक्त सरसफाई कार्यक्रम पृथ्वीचोक, लखनचोक, वसपार्क क्षेत्र वरपरको एक गाडि फोहर संकलन गरिएको थियो। सोहि अवसरमा व्यवसायीका सटर सटरमा गई फोहरमैला जथाभावी नफाल्न र कसैले फालेमा रोक्न समेत अनुरोध गरेका थिए।

कमेन्टहरु
Loading...