पोखरा, २५ कात्तिक/ प्रथम थामडाँडा साँखे साँस्कृतिक महोत्सव हुने भएको छ । थामडाँडा युवा क्लब शुक्लागण्डकी–११ साँखे, तनहुँको आयोजना तथा मंगला एम्युजमेन्टर प्रालिको व्यवस्थापनमा साँखे बजार तनहुमा हुने जनाइएको छ । महोत्सव माघ २६ देखि फागुन ४ गतेसम्म हुने थामडाँडा युवा क्लबका अध्यक्ष लेखबहादुर रानाले बताए ।
आफ्नो गाउँको मौलिक कला र संस्कृतिको सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको रानाले बताए । ‘पहिला–पहिला मेला गरिन्थ्यो, यो पटक महोत्सव आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘महोत्सवमा स्थानीय कौडा,चरी नाँचलाई समेटिनेछ ।’ लोप हुन लागेको यहाँको संस्कृतिलाई महोत्सवमा समावेश गरिने उनले बताए । शिवरात्रीको अवसमार वर्षेनी हुँदै आइरहेको खुल्ला भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमलाई पनि यो पटक स्थान दिने उनले बताए ।
यसको अलावा तनहुँ जिल्लाका विभिन्न नवप्रतिभावन कलाकारको कलालाई प्रस्फुटन गर्नको लागि तनहुँ डान्सिल आइडल आयोजना गरिने उनले बताए । उनका अनुसार आइडलले ३० हजार ३ सय ३३ रुपैयाँ र एउटा म्युजिक भिडियो खेल्ने अवसर पाउनेछ । महोत्सव अवधिभर दैनिक रुपमा राष्ट्रिय लोक दोहोरी, सुगम संगीत तथा हाँस्य कलाकारहरुको प्रस्तुतिपनि रहने कार्यक्रम संयोजक वीरेन्द्र केसीले बताए । ‘विभिन्न जातजातिको संस्कृति झल्कने खालको ¥याली, झाँकी समेत प्रदर्शन गरिनेछ,’ उनले भने, ‘महोत्सवलाई थप आकर्षण दिनको लागि रोहोटे पिङ सहितको बालउद्यान राखिनेछ ।’
महोत्सवमा समावेश गरिने भलिबल प्रतियोगितामा २५ टिम सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार भलिबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश ः ५५ हजार, ३५ हजार र २० हजार रुपैयाँ पाउनेछन् ।
महोत्सव सम्पन्न गर्नको लागि झन्डै ३० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ भने आम्दानी सोही मात्रमै आम्दानी हुने लक्ष्य राखेको छ । महोत्सवमा अवधिभर झन्डै १५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।